समाज


सुरु भयो छविको दोस्रो दिनको बयान

सुरु भयो छविको दोस्रो दिनको बयान

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०८१ मंगलबार ११:१२, काठमाडौँ

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दामा कास्की जिल्ला अदालतले छविलाल जोशीसँग दोस्रो दिनको बयान सुरु गरेको छ। 

बयान केहीबेरअघि सुरु भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। 

पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका क्रममा छवि र रवि लामिछानेसहित ३१ जनाविरुद्ध गत आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत ३ कसुरमा मुद्दा दर्ता भएको छ। 

सो प्रकरणका प्रतिवादीसँग कास्की जिल्ला अदालतले सोमबारदेखि बयान लिन थालेको हो।

पहिलो दिन छविलालको बयान नसकिएकाले आज दोस्रो दिन पनि जारी रहेको हो।

‘उहाँको बयान आज सकिएला र आजै अर्काे प्रतिवादीको बयान सुरु होला’,  अदालतका सूचना अधिकारी अधिकारीले भने।

छविको बयान सकिएपछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु हुने अनुमान गरिएको छ। तर निश्चित भने भइसकेको छैन। किनकि बयान लिनुपर्ने प्रतिवादी अरू पनि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad