प्लास्टिकमुक्त नियम उल्लङ्घन गरेकोमा हङकङका दुई रेस्टुरेन्ट जरिवानामा परेका छन्। अटेरी गर्ने यी रेस्टुरेन्टलाई २ हजार हङकङ डलर जरिवाना गरिएको वातावरण संरक्षण विभागले जनाएको छ।
हङकङमा गत अप्रिल २२ देखि फोम टेबलवेयर र डिस्पोजेबल प्लास्टिकका भाँडाकुँडा बिक्री र प्रयोगमा प्रतिबन्ध लगाइएको छ। जसमा स्ट्र, स्टिरर, काँटा, चक्कु, चम्चा र टेकअवे अर्डरको लागि प्लेट आदि पर्दछन्।
त्यस्तै, रेस्टुरेन्टमा ग्राहकलाई खानेकुरा दिँदा पनि कप, ढक्कन र खाना कन्टेनर जस्ता डिस्पोजेबल प्लास्टिकका वस्तु प्रदान गर्न निषेध गरिएको छ।
रेस्टुरेन्ट क्षेत्रले यो नियमलाई धेरै हदसम्म पालना गरेको भए पनि केही रेस्टुरेन्टले पालना नगरेको भनी ६२ गुनासो प्राप्त गरेको विभागले जनाएको छ।
गुनासोका आधारमा १० कार्यदिनसम्म १५ घटनाको अनुगमन गरेको विभागले ३३ रेस्टुरेन्टको सुधारात्मक अवस्था देख्यो भने २ रेस्टुरेन्टले उल्लंघन जारी राखेकोले कारवाही सिफारिस गरेको हो। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया