समाज


मन्त्री पाण्डेको निर्देशन- विमानस्थलमा पर्यटकलाई सहजीकरण गर्नू, राष्ट्रिय पहिचान झल्किने पोशाक लगाउनू

मन्त्री पाण्डेको निर्देशन- विमानस्थलमा पर्यटकलाई सहजीकरण गर्नू, राष्ट्रिय पहिचान झल्किने पोशाक लगाउनू

नेपालखबर
पुस ८, २०८१ सोमबार १५:१४, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटकहरूको आवागमनमा सहजीकरण गर्न विमानस्थलसम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

सोमबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन्। 

‘त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल संवेदनशील क्षेत्र हो। राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ। सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ। हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ,’ मन्त्री पाण्डेले भने, ‘एकपटक आउने विदेशी पर्यटकलाई पटकपटक आउने खालको वातावरण बनाउनुपर्छ।’

उनले त्रिभुवन विमानस्थल विदेशीहरूका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीले राष्ट्रिय पहिचान झल्किने खालको पोशाक लगाउनसमेत आग्रह गरे। 

मन्त्री पाण्डेले ४६ लाख यात्रु क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलले हाल ९० लाखहरूलाई सेवा दिनुपर्ने बाध्यता रहेकोले प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्नसमेत भनेका छन्।

विमानस्थलमा देखिएका समस्याहरूको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न पनि उनले निर्देशन दिए। मन्त्री पाण्डेले भने, ‘भन्सार,अध्यागमन, एयरलाइन्स, क्यान कसले केके काम गर्ने र कति समयभित्र गर्ने भनी प्राथमिकीरण गर्नुहोस्। त्यसका लागि १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्नुहोस्।’

विमानस्थलमा आउने गुनासाहरूलाई सहजरूपमा सम्बोधन गर्न पनि उनले सम्बद्ध निकायलाई भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad