समाज


आधा किलोभन्दा बढी अवैध सुनसहित २ जना भारतीय नागरिक पक्राउ

आधा किलोभन्दा बढी अवैध सुनसहित २ जना भारतीय नागरिक पक्राउ

नेपालखबर
पुस ७, २०८१ आइतबार १६:१०, काठमाडौँ

कैलालीको धनगढीबाट ५४९.२०० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरी बस्ने वर्ष ४४ को दिपक गुप्ता र वर्ष ३४ को सुमित बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आइतबार विशेष सूचनाका आधारमा प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट दिपक गुप्ताले चलाएको भारतीय नम्बर प्लेट यूपी३२जेभी९२०० भएको कारलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाईछिपाई राखेको सुन जस्तो देखिने पदार्थ फेला परेको थियो।

उनीहरूको साथबाट ५४९.२०० ग्राम सुनका दुई टुक्रा, लिनोभो ल्याप्टप, रियलमी र रेडमी मोबाइल, नेपाली नगद रु. ४४ हजार ८१०, भारतीय मुद्रा रु.१ हजार २८० र सुजुकी कार बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिउपर छानबिन भइरहेको सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad