आज विश्व ध्यान दिवस, नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाइरहेका छन्।
संयुक्त राष्ट्रसंघको महासभाले २०२४ डिसेम्बर ६ का दिन डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेकाले यो दिवस मनाइएको हो।
राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने भनी गरेको निर्णयलाई यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन्।
नेपाल सरकारले पनि आज ध्यान दिवसका अवसरमा काठमाडौँस्थित टुँडिखेलमा ध्यान कार्यक्रम आयोजना गरेको छ।
सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्।

243
Shares

प्रतिक्रिया