हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।
यतिबेला (शनिबार बिहान) कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराई मधेस क्षेत्रका केही ठाउँ, खोँच तथा उपत्यका क्षेत्रका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।
आज कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षा हुने सम्भावना छ। कोसीका उच्च भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरोकोसमेत सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
भोलि (आइतबार) पनि कोसी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया