बागमती


काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम तल झर्‍यो

काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम तल झर्‍यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस ६, २०८१ शनिबार ७:१२, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शुक्रबारभन्दा शनिबार (आज) १ डिग्री सेल्सियस घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस देखिएको हो। हिजो शुक्रबार ४.८ डिग्री सेल्सियस थियो। 

‘गएराति काठमाडौँमा मौसम बदली भएको थिएन, आकास सफा थियो, त्यही भएर न्यूनतम तापक्रम तल झर्‍यो’, मौसमविद् पुडासैनीले भने। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मौसम महाशाखाले प्रकाशन गर्नेछ। त्यसबेलासम्म काठमाडौँको न्यूनतम तापक्रम थप घट्न पनि सक्छ। 

मौसमविद् पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। यसको अर्थ आज दिउँसो घाम लाग्नेछ। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद् पुडासैनीले बताए। शुक्रबार १७.८ डिग्री सेल्सियस थियो। 

मौसम महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा बिहान ६ बजेर ५१ मिनेट १९ सेकेन्डमा सूर्य उदाएको थियो भने अब साँझ ५ बजेर १४ मिनेट २८ सेकेन्डमा अस्ताउने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad