आज बिहान बाजुरामा भूकम्प गएको छ। बाजुराको पूर्वी उत्तरी क्षेत्रको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर शनिबार बिहान पाँच दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा बाजुरामा भूकम्प गएको हो।
भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय त्रसित हुँदै घरबाहिर निस्केका छन्।
यसअघि गएको बिहीबार मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसैगरी गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर पनि लगातार दुईवटा भूकम्प गएका थिए।
यी सबै भूकम्प ०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएका भूकम्पको परकम्प होइनन्। एक साताको बीचमा बाजुरा, बझाङ र मनाङमा गएको सबै भूकम्प नयाँ हुन्।
Shares

प्रतिक्रिया