सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले न्यायालयमा भ्रष्टाचार गर्नुजस्तो नीच काम अर्को नहुने बताएका छन्।
शुक्रबार न्यायाधीश समाजको कार्यक्रममा उनले भने, ‘न्यायालयमा भ्रष्टाचार गर्नुजस्तो नीच काम अर्को के हुन्छ ?’
अदालतमा भ्रष्टाचार छ भनेर मात्रै नहुने भन्दै उनले कुन न्यायाधीशले कति भ्रष्टाचार गरेर भनेर तोकेरै लेख्न पत्रकारहरुलाई आग्रह गरे।
‘अदालतमा भ्रष्टाचार छ भनेर मात्र हुँदैन, कुन न्यायाधीश वा कर्मचारीले कसबाट कति खायो त्यो लेखिदिनुहोस्,’ रेग्मीले भने, ‘तथ्यपरक भएर लेख्नुहोस्। गोश्वारा रूपमा भ्रष्टाचार छ भन्दा न्यायालयप्रति जनास्था कमजोर हुन्छ। प्रेसले पूर्वाग्रही भएर लेख्न मिल्दैन।'
861
Shares

प्रतिक्रिया