समाज


छायादेवी कम्प्लेक्सको मुद्दा पूर्ण इजलासमा

छायादेवी कम्प्लेक्सको मुद्दा पूर्ण इजलासमा

नेपालखबर
पुस ४, २०८१ बिहिबार १८:५३, काठमाडौँ

काठमाडौँको ठमेलस्थित छायादेवी कम्प्लेक्सको जग्गा विवाद पूर्ण इजलासमा पुगेको छ।

गुठीको जग्गा हडप्दै ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदासमेत मासेर व्यापारिक भवन बनाएको विषयमा २ न्यायाधीशको संयुक्त इजलासले निर्णय दिन नसकेपछि पूर्ण इजलासमा पुगेको हो।

न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको हो। पोखरी समेत रहेको उक्त जग्गा गुठीको भएको दाबी गरी २०७१ सालमा सार्वजनिक सरोकारको रिट दायर भएको थियो।

यसअघि २०८० माघमा प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले निरन्तर सुनुवाइ गरे पनि निर्णयको चरणमा अन्य आदेश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad