समाज


सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते

सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते

नेपालखबर
पुस ३, २०८१ बुधबार ६:५०, काठमाडौँ

सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।

देवानगन्ज गाउँपालिका- ४ का ३८ वर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार आफ्नो खेतमा सिँचाइको लागि मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

घटनामा उनका १५ वर्षीया छोरा करण गम्भीर घाइते भएका छन्।

करेन्ट लागेर गम्भीर घाइते भएका राजा मेहतालाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

छोरा करणको कोसी अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad