नेकपा एमाले नेता महेश बस्नेतविरूद्ध उजुरी दिएर चर्चामा आएकी शोभा पाठकलाई ३ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको थियो। मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।
पाठकमाथि प्रहरी वृत्त स्वयम्भूले साइबर अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ।
त्यसअघि पनि सामाजिक सञ्जालमार्फत चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीकाका आधारमा उनी पक्राउ परेकी थिइन्।
558
Shares

प्रतिक्रिया