समाज


रातिको मौसमः चार प्रदेशमा सफा, बाँकीमा आंशिक बदली, गण्डकीमा हिमपात

रातिको मौसमः चार प्रदेशमा सफा, बाँकीमा आंशिक बदली, गण्डकीमा हिमपात

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८१ सोमबार १८:१३, काठमाडौँ

आज (सोमबार) राति चार प्रदेशमा मौसम मुख्यतया सफा रहे पनि बाँकी प्रदेशमा भने आंशिक बदली हुने र गण्डकीमा हल्का हिमपातसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा भने मौसम मुख्यतया सफा रहनेछ भने गण्डकी प्रदेशको       हिमाली क्षेत्रमा भने आंंशिक बदली रही हल्का हिमपातसमेत हुने सम्भावना छ। 

गण्डकी प्रदेशकै पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।

यस्तै आज राति कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।

यस्तै सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो बादल लागेको अवस्था हो भने मुख्यतया सफा भनेको लगभग आकाश सफा रहनु हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad