कारोबार


२० अर्बको विदेशी लगानी प्रतिबद्धता, कार्यान्वयन भए ९ हजारले रोजगारी पाउने

बिजनेस भिसा लिने लगानीकर्ता बढे, नेपालबाट कति रकम बाहिरियो?
२० अर्बको विदेशी लगानी प्रतिबद्धता, कार्यान्वयन भए ९ हजारले रोजगारी पाउने

नेपालखबर
पुस १, २०८१ सोमबार १८:१९, काठमाडौँ

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले २० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता पाएको छ। 

विदेशी लगानीकर्ताहरुले साउनदेखि मंसिरसम्म २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँबराबरको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन्। 

मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। 

५ महिनामा स्वचालित प्रणालीबाट उनीहरुले २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँ बराबरको लगानी ल्याउने इच्छा गरेका छन्। मंसिरमा मात्रै स्वचालित प्रणालीबाट ५० करोड २७ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ।

यता विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५ महिनामा १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार ४ सय रुपैयाँबराबरको प्रतिबद्धता प्राप्त भएको छ। यो प्रणालीबाट मंसिरमा मात्रै १ अर्ब ६० करोड ९५ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ। 

प्रतिबद्धताबमोजिम लगानी भित्रिएमा देशमा ९ हजार २०६ जनाले रोजगारी पाउनेछन्। मंसिर १ महिनाको प्रतिबद्धताअनुसार मात्रै १ हजार ३ सय ६३ जनाले रोजगारी पाउनेछन्। 

मंसिर मसान्तसम्म स्वचालित प्रणालीबाट १० अर्ब २४ करोड ६३ लाख ३७ हजार रुपैयाँ बराबरको र स्वीकृति प्रणालीबाट ५ खर्ब ३० अर्ब २९ करोड ३५ लाख २३ हजार ७०५ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ। यो भनेको हालसम्म कुल ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७०५ रुपैयाँको लगानी प्रतिबद्धता हो। 

प्रतिबद्धताअनुसार लगानी भित्रिएको अवस्थामा ३ लाख ३७ हजार ५१४ रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको विभागको भनाइ छ। 

बिजनेस भिसा लिने लगानीकर्ता बढे 
विभागको सार्वजनिक तथ्यांकअनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन्। 

ताजा तथ्यांकअनुसार ५ महिनामा १ हजार ७८२ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन्। अघिल्लो आवको सोही अवधिमा १ हजार २०० जनाले यस्तो माग गरेका थिए। त्यसैगरी उनीहरुका प्रतिनिधि पनि यो अवधिमा बढेका छन्।

५ महिनामा १७८ जनाले बिजनेस भिसा मागेका छन्। अघिल्लो वर्ष यही अवधिमा १४१ जनाले मागेका थिए। उनीहरुका डिपेन्डेन्टमध्ये ५ महिनामा ३९५ जनाले यस्तो भिसा मागेका छन्। जुन गत आवमा ३ सय ६० जनाले मागेका थिए। 

नेपालबाट कति रकम बाहिरियो?
यो पाँच महिनामा नेपालबाट ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ, ९ लाख ५१ हजार २४० अमेरिकी डलर, २० करोड ५ लाख १ हजार १२८ भारु र १० हजार २ सय युरो रोयल्टीबापत विदेशिएको छ। 

गत वर्षको सोही अवधिमा ७४ करोड ८६ लाख ६७ हजार ५८९ रुपैयाँ, ५ लाख ९१ हजार ४६८ अमेरिकी डलर, १९ करोड २० लाख २५ हजार भारु रोयल्टीबापत विदेश गएको थियो। 

त्यस्तै लाभांशबापत साउनदेखि मंसिरसम्म ८५ करोड १६ लाख २ हजार ३३८ रुपैयाँ बाहिरिँदा सेवाशुल्कबापत असोजसम्म ३८ करोड ८ लाख ६८ हजार १६७ रुपैयाँ, २८ हजार ६८ लाख ६४४ अमेरिकी डलर र ५ करोड ८३ लाख ४९ हजार ५२३ भारु फिर्ता विदेशिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad