पत्रकारहरूको छाता संगठन पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि देशभर मतदान चलिरहेको छ। महासंघको जिल्ला, प्रदेश र केन्द्र तीनै तहको मतदान एकसाथ भइरहेकाले देशभरका पत्रकारहरू नेता छान्न व्यस्त छन्।
महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ। बिहान १० बजे सुरू भएको मतदान दिउँसो ४ बजेसम्म चल्नेछ।
निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र छन्। केन्द्रीय पदाधिकारीका लागि हल्का नीलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र हुने निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामाले उम्मेदवारी दिएका छन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरी प्रतिस्पर्धामा छन्।
त्यस्तै उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ। समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्।
त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।
हेर्नुहोस् काठमाडौँको अनामनगर केन्द्रमा चलरिहेको मतदानका केही तस्बिरः














Shares

प्रतिक्रिया