समाज


२८ मंसिरको राशिफल: मेषलाई एउटै कामबाट दोहोरो लाभ मिल्ने, वृषले धेरै दौडधुप गर्नुपर्ने, तपाईंको के?

२८ मंसिरको राशिफल: मेषलाई एउटै कामबाट दोहोरो लाभ मिल्ने, वृषले धेरै दौडधुप गर्नुपर्ने, तपाईंको के?

पण्डित नारायणप्रसाद दुलाल
मंसिर २८, २०८१ शुक्रबार ४:४५, काठमाडौँ

आज शुक्रबार, २८ मंसिर २०८१ (१३ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। वर्गप्रति आकर्षण बढ्नेछ। साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८३, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

वृष: सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। स्वास्थ्यप्रति सचेत रहनु पर्छ तर तीर्थाटनको योग छ। साँझमा प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३५, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४८%
प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ हरियो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६,सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६३%
प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएका कार्यबाट अधिक सफलता मिल्नेछ तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्नेछ।  

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।    

सिंह: धनार्जनका स्रोत पत्ता लाग्नेछन्। कार्य सम्पादनमा सहजता मिल्नेछ। परिवारको साथले नयाँ आशा पलाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएका कार्यबाट अधिक सफलता मिल्नेछ तर स्वास्थ्यको ख्याल गर्नुपर्ला।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनु होला । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। यात्रामा मालसामान हराउने र मनमा निराशा आउला तर प्रेमीको सहयोग र साँझमा धन हात पर्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

तुला: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। धर्मकर्म, परोपकार, समाजसेवामा मन लाग्नेछ। प्रेमीको सहयोग पाइनेछ। आँटे, ताकेको कार्य पूरा होला।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक: अधुरा र रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनसक्छ। रोकिएका काम सम्पादन हुने योग छ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८६ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: विद्या र बुद्धिको विकास हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। गोपनीय ढंगले गरिएका क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१ यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर: मनमा शंका तथा डरका कारण बनेको काममा दुबिधा उत्पन्न हुनसक्छ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ रातो र अङ्क २ प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग  ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।  

कुम्भ: अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन्। परिवारजनसँग भेटघाट हुनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ। ठुलो कारोबारमा लगानी नगर्नु होला।  

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मीन: कार्य सम्पादनमा समस्या आउला। कुनै कुराले मन दुखी हुनसक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा  ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad