राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ। लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका- ८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो।
काठेखोला-८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार संघीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन। आर्थिक वर्ष २०८०/८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा-भुदीखोला स्तरोन्नति भएको र यो वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ।
चालु आर्थिक वर्षमा भुदीखोला-पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उनले बताए। यो सडकका निम्ति पाँच करोड रुपैयाँ विनियोजन भएको छ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क-शिवालय-पिपलथर–करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उनले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया