समाज


एपीएफ टोलीद्वारा अवैध औषधि र खसी बरामद, पेस्तोलसहित एक पक्राउ

एपीएफ टोलीद्वारा अवैध औषधि र खसी बरामद, पेस्तोलसहित एक पक्राउ

नेपालखबर
चैत ३, २०७६ सोमबार १६:०,

सशस्त्र प्रहरीले रौतहटको यमुनामाई गाउँपालिका ३ स्थित राजपुर तुलसीबाट एउटा चाईनिज पेस्तोल तथा सोको एउटा म्याग्जीन, दुई राउण्ड गोली र एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षीय शेष बैतुल्ला छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। एपीएफ टोलीले उनको साथबाट दुई थान मोवाईल सेट र ३ हजार ४ सय ८० रुपैयाँ समेत बरामद गरेको छ।

एपीएफ टोलीले पक्राउ परेका निजलाई बरामद पेस्तोल, म्याग्जीन, गोली, मोबाईल सेट तथा नगदसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ।

चोरीपैठारीको औषधि बरामद
यता, रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित दालमिल ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधि बरामद गरेको छ।

डी एल ९ एस ए डी ३३७२ नम्वरको भारतिय मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मूल्य बराबरको औषधी सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिनोदकुमार चौधरीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले त्यसबेला उक्त औषधि ल्याउन प्रयोग भएको उक्त मोटरसाईकलसमेत बरामद गरेको छ। बरामद औषधी तथा मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ। सो मोटरसाईकलको भन्सार दाखिला मूल्य ६० हजार रुपैयाँ रहेको छ।

चौपाया बरामद
यस्तै, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १ स्थित शिवपुरबाट एपीएफ टोलीले करीब १० लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ८९ वटा खसी सशस्त्र प्रहरी बल नेपाल नम्वर ३९ गुल्म कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक संगित भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद खसी स्थानीय भन्सार कार्यालयमा बुझाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .