नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले व्यावसायीहरुलाई विभिन्न व्यावसायसँग सम्बन्धित विषयमा परामर्श दिने भएको छ।
बैंकले देशमा छरिएर रहेका उद्योगी, व्यावसायी संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने जनाएको छ।
यस सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय सञ्चालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरूको लागि विभिन्न सेवाहरु उपलब्ध गराईने बैंकले जनाएको छ।
जसमा वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, शेयर÷इक्विटी मूल्यांङ्कन, आम्दानी योजना, खर्च योजना, पूँजीगत बजेट र पूँजी पुनर्संरचना रहेका छन्।
यसका साथै देशभरी छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल इन्भेष्टले साना तथा मध्यम वर्ग तथा स्टार्ट–अपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने भएको छ।
प्रतिक्रिया