ad ad

समाज


पोखराको लेकसाइड र स्याङ्जाको राम्दीमा हेल्थ डेक्स स्थापना

पोखराको लेकसाइड र स्याङ्जाको राम्दीमा हेल्थ डेक्स स्थापना

वाशुदेव मिश्र
चैत ३, २०७६ सोमबार १४:१६,

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क स्थापना गरिएको छ। सम्भावित कोरोना भाइरसको संक्रमण रोक्न तथा परीक्षणको लागि पोखरा महानगरपालिकाले डेस्क स्थापना गरेको हो।

बाराहीचोकमा स्थापित डेस्कबाट सडकमा आवात जावत गर्ने व्यक्तिहरुले ज्वरो नाप्ने, सेनिटाइजरको प्रयोग र रुखाचोकीका बारेमा जानकारी गराइने व्यवस्था गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्। 

डेक्सबाट कोरोनाको लक्षण, बच्ने उपाय लगायका बारेमा स्वास्थ्यकर्मीसहित सचेतनामुलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए। पोखरा महानगरले पोखरा विमानस्थलमा पनि डेल्थ डेक्स स्थापना गरेको छ।

यता, गण्डकी र प्रदेश ५ को सीमा गल्याङ नगरपालिका– १, राम्दीमा हेल्थ डेस्क स्थापना गरिएको छ। राम्दी गण्डकी प्रदेश प्रवेशद्वार पनि हो। कोरोना भाइरसको संक्रमणबारे जानकारी दिन तथा आवश्यक परीक्षण गर्न हेल्थडेस्क स्थापना गरिएको गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले बताए।

गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लीला भण्डारीले हेल्थ डेस्कमा स्वास्थ्य परिक्षणपछि शंकास्पद देखिएमा पोखरामा रहेको आइसोलेसनमा पठाउने बताइन्।

उनका अनुसार हेल्थ डेस्कमा शंकास्पद व्यक्तिहरु र विदेशबाट आएका नागरिकहरुको स्वास्थ्य परीक्षण गरिनेछ। डेस्कमा नगरपालिकाबाट दुइजना स्वास्थ्यकर्मीसँगै कम्तिमा एक जना सुरक्षाकर्मी नियमित रुपमा रहने भण्डारीले जानकारी दिइन्।

यता, नगरप्रमुख अधिकारीले ठूला सम्मेलन, भेलाजस्ता धेरै मानिसहरु जम्मा हुने कार्यक्रमहरु नगरपालिकाबाट रोकिएको बताउँदै विवाह भोजजस्ता अन्य कार्यक्रमहरुमा पनि धेरै व्यक्तिहरु जम्मा नहुन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .