ad ad

समाज


जापानमा १९ जना अशक्त व्यक्तिको हत्या गर्नेलाई मृत्युदण्ड दिइने

जापानमा १९ जना अशक्त व्यक्तिको हत्या गर्नेलाई मृत्युदण्ड दिइने

नेपालखबर
चैत ३, २०७६ सोमबार १०:११,

जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ।

तीस वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकीलहरुले “मानसिक रोग”का कारण नशालु पदार्थको सेवन गरेका सातोशीले जानाजान व्यक्ति हत्या नगरेको दाबी गरेका थिए।

उक्त घटना सन् २०१६ मा योकोहामा नगरमा भएको थियो। मुख्य न्यायाधीश कियोशी आउनुमाले अदालतको फैसला सुनाउँदै भने, “१९ जनाको जीवन समाप्त भयो। यो अति भयानक घटना हो।”

प्रमाणहरुले सातोशीले हत्याको योजना बनाएको र मार्ने नियत प्रस्टै राखेको देखाएको उनको भनाइ थियो।

सरकारी अभियोजनकर्ताहरुले सातोशीलाई मृत्युदण्ड दिइनु पर्ने मागदाबी गरेका थिए। जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइने प्रचलन छ।

अदालतमा फैसला सुनाउँदा सातोशीमा कुनै आत्मग्लानी देखिएको थिएन, र उनी न्यायाधीशलाई एकोहोरो हेरिरहेका थिए।

सातोशीले अदालतको फैसला आफूलाई स्वीकार्य हुने र कुनै अर्को अदालतमा अपिल नगर्ने बताउँदै आएका थिए। तैपनि उनले आफूलाई मृत्युदण्डको सजाय नहुने दाबी गरिरहेका थिए।

उनले केयर होममा आक्रमण गर्दा सबै अशक्त व्यक्तिलाई समाप्त गर्न चाहेको बताउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए। उनको आक्रमणबाट अरु २६ जना घाइते भएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .