ad ad

समाज


सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु

सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु

नेपालखबर
चैत ३, २०७६ सोमबार ९:२२,

सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ।

लागुऔषध नियन्त्रण गर्ने तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तर्गत वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको हो।

लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको संख्या बढिरहेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

एक समारोह बिच वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले सवारी चालकलाई चेकजाँच किट प्रदान गर्दै सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरेका थिए।

मादक पदार्थ सेवन गर्दा समातिने डर भएपछि चालकहरुले लागु पदार्थ सेवन गर्न थालेको सूचना प्रात्त भएसँगै टेस्ट गर्ने काम थालिएको एसपी मर्हजनको भनाई छ।

‘ब्रेथलाईजरबाट लागु पदार्थ सेवन गरेको पत्ता लाग्दैन्, त्यसैले लागु पदार्थ गर्नेको संख्या बढेको देखियो, अनि यहाँ ठुला दुर्घटना पनि भए एसपी महर्जनले भने अब मापसे र लापसे जाँच एकै साथ गर्न सक्छौं , जसको कारण दुर्घटना न्यूनिरकरण गर्न सकिने छ। अकालमा ज्यान जाने जोखिम कम हुनेछ।’

सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान कै रुपमा सञ्चालित यस कार्यक्रमलाई अब वागमती प्रदेश प अन्र्तगतको १० वटै जिल्लाको सडक मैं चेकजाँच निरन्तर हुने वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए।

सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय मेलम्चीलाई समेत अग्रसर गराउदै गरिएको चेकजाँचले सवारी दुर्घटना न्यूनिकरण कम गर्ने एसपी महर्जनको विश्वास छ।

उनका अनुसार वागमती प्रदेशमा ड्रग युरिन टेष्ट किटबाट सडक मै जाँच गरिएको यो पहिलो पटक हो। यस्तै यहाँबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधनका चालकलाई प्रशिक्षणसगैँ यस्तो अभियान थालिएको प्रस्ट पारे।

यसैगरि क्षमताभन्दा बढी यात्रु नचढाउने, लापरवाही तरिकाले सवारी चलाउन नहुने उपायका बारेमा सवारी चालकलाई प्रशिक्षण गराइने उनले बताए।

उनले मापसे चेकजाँचको क्रममा लागु औषध गाँजा जस्ता अन्य पदार्थ सेवन गरेको थाहा नहुने भए पश्चात चालकहरुले मदिरा सेवनलाई कम गर्दै लागु औषधको प्रयोग बढाएको बताए।

यसरी लागु औषधको प्रयोगसँगै सवारी दुर्घटना न्यूनिकरण गर्न समस्या पर्ने भएकोले ‘ड्रग युनिट टेस्ट कीटसहित चालकहरुको पिसाब चेक गरेको जानकारी गराए। सो अवसरमा पहिलो दिन १७ वटा चालक र सहचालकको न्यूरिन टेस्ट गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .