ad ad

राजनीति


प्रदेश २ लाई मदिरामुक्त बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रदेश २ लाई मदिरामुक्त बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

शैलेन्द्र महतो
चैत ३, २०७६ सोमबार ९:३५,

धनुषामा विषाक्त मदिरा सेवनबाट २१ जनाको ज्यान गएपछि प्रदेशसभामा प्रतिपक्षी दलका सांसदले विशेष महत्वको प्रस्ताव पेश गरेका छन्।

प्रदेश २ मा घरेलु मदिरा उत्पादन तथा बिक्रीमा रोक लगाउन माग गर्दै सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपाका प्रदेश सांसद शत्रुधन महतोले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।

घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा प्रदेश सरकारले रोक लगाउनु पर्ने माग गर्दै सांसद महतोले बैठकको सुरुमै विशेष महत्वको प्रस्ताव पेश गर्ने समय मागेका थिए। उनले प्रदेशसभा सञ्चालन नियमावली २०७५ को नियम ७१ बमोजिम सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन्।

प्रस्तावमा समाजवादी पार्टी संसदीय दलका सचेकत शैलेन्द्र यादव र राजपा पार्टी संसदीय दलका सचेतक परमेश्वर साहले समर्थन जनाएका छन्।

प्रदेशसभा बैठकमा बोल्ने अधिकांश सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरुले महतोले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन जनाउँदै घरेलु खुल्ला मदिरा उत्पादन तथा बिक्री बितरणमा रोक लगाउन प्रदेश सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्।

प्रदेश सरकारको तर्फबाट सदनमा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले खुल्ला मदिरा मुक्त बनाउन कुनै कसर बाँकी नराख्ने बताए। ‘मदिरा सेवनबाट भएको मानवीय क्षतिप्रति प्रदेश सरकार गम्भीर छ। त्यसैले प्रदेशलाई मदिरा मुक्त बनाउन यदि बल प्रयोग गर्नुपर्छ भने पनि त्यसको लागि हामी पछाडि पर्दैनौं’ उनले भने।

तीनदिन भित्र प्रदेशको सबै खुल्ला मदिरा भट्टी नष्ट नभए त्यहाँका सम्बन्धित प्रहरी प्रशासनलाई कारबाहीको दायरमा ल्याउने समेत सुरक्षा समितिको बैठकमा चेतावनी दिइसकेको उनले सदनलाई जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .