ad ad

समाज


मलेसियाबाट फर्केका धनुषाका एक व्यक्तिमा कोरोना आशंका, नमूना काठमाडाैं पठाइयाे

मलेसियाबाट फर्केका धनुषाका एक व्यक्तिमा कोरोना आशंका, नमूना काठमाडाैं पठाइयाे

शैलेन्द्र महतो
चैत ३, २०७६ सोमबार ५:३४,

कोरोना भाइरस संक्रमण भएको आशंकामा धनुषाका एक बिरामीकाे परिक्षणका लागि रगत र र्‍यालकाे नमूना काठमाडौं पठाइएको छ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका १ का बिरामीकाे कोरोना संक्रमण भएको आशंकामा जाँच र परीक्षणका लागि नमूना काठमाडौं पठाइएको हो।

केही दिनअघि मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरो देखिएकाे थियो।

त्यसपछि कोरोना संक्रमण हुन सक्ने आशंकामा उनलाई धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

तर यहाँ काेराेना चेकजाँच गर्ने सुविधा नभएका कारण नमूना सोमबार बिहान काठमाडौं पठाइएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .