ad ad

समाज


कोराेना शंका लागेमा कहाँ कसरी परीक्षण गराउने? यी हुन् ९ जिज्ञासा र जवाफ

कोराेना शंका लागेमा कहाँ कसरी परीक्षण गराउने? यी हुन् ९ जिज्ञासा र जवाफ

नेपालखबर
चैत ३, २०७६ सोमबार ४:१८,

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको त्रास अहिले नेपालमा पनि व्याप्त छ।

अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिए पनि शंकास्पद बिरामीलाई अस्पतालका आइसोलेसनमा राख्ने र तिनको नमुना परीक्षण गराउने क्रम जारी छ।

तर अझै पनि हामी सबैलाई नेपालमा कोरोना परीक्षण कहाँ र कसरी गराइन्छ भन्ने थाहा भइसकेको नहुन सक्छ।

यसै सन्दर्भमा कोरोना छ कि छैन भनेर परीक्षण गराउने नेपालको एक मात्र प्रयोगशाला काठमाडौंकाे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तै ९ जिज्ञासाको उत्तर दिएको छ।

जसलाई जनहितका लागि यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छः

१. कोरोना भाइरसको परीक्षण कुन ठाउँमा गरिन्छ?
-यो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौंमा गरिन्छ।

२. कोरोनाको शंका भएमा नमुना संकलन गर्ने व्यवस्था छ कि छैन?
शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने भएकाले नमुना सम्बन्धित अस्पतालले संकलन गरेर यस अस्पतालमा पठाउनुपर्नेछ।

३.संकलन गरिएको नुमना कुन विधि अपनाई प्रयोगशालामा पठाउन सकिन्छ?
-भीटीएममा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन (२–८ डिग्री सेन्टिग्रेड) गरेर प्रयोगशालामा पठाउनु पर्नेछ।

४. कोरोना भाइरस जाँचका लागि कति पैसा लाग्छ?
-हाललाई यो जाँच प्रयोगशाला निःशुल्क गरिन्छ।

६.कोरोना भाइरस जाँचका लागि कुन कुन नमुना संकलन गरिन्छ?
-यसका लागि परामर्शपछि मात्र जाँच गराउन सकिन्छ।

७.कोरोना भाइरस जाँचका लागि नमुना संकलन कति बजेसम्म गरिन्छ?
भीटीएममा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन (२–८ डिग्री सेन्टिग्रेड) गरेर ल्याएको खण्डमा २४सै घण्टा यस प्रयोगशालामा संकलन गरिन्छ –कार्यालय समयमा नमुना संकलन गर्ने ठाउँमा र अन्य समयमा कार्यालय सहायकलाई बुझाउन सकिन्छ।

८. कोरोना भाइरस परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ र कुन ठाउँबाट लिने?
यो परीक्षणको रिपोर्ट आउन २४ देखि ४८घण्टासम्म लाग्छ। लिखित रिपोर्ट यस प्रयोगशालाबाट लिन सकिनेछ। रिपोर्ट पोजेटिभ (कोरोना संक्रमण भएको) भएका खण्डमा सम्बन्धित अस्पताल र डाक्टरलाई तुरुन्त जानकारी गराइनेछ।

९. यो परीक्षणका लागि सम्पर्क व्यक्तिहरूको मोबाइल नम्बर कुन कुन हो?
डा. श्रवणकुमार मिश्र ९८५११६८२२०

डा. रञ्जित शाह ९८२७७०१४६५

राजेशकुमार गुप्ता ९८५१२३९९८८

दिनेश थापा मगर ९८२३१६८५४० (रातिका लागि)

नरेश थापा मगर ९८०३१५२१४९ (रातिका लागि)

याे पनि : 

नेपालमा कोरोना: अहिलेसम्म ४७८ परीक्षण, टेकु प्रयाेगशालामा आउँछन् दैनिक २० नमुना

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .