ad ad

समाज


एसईई परीक्षामा विशेष सावधानी अपनाइँदै

एसईई परीक्षामा विशेष सावधानी अपनाइँदै

नेपालखबर
चैत ३, २०७६ सोमबार ३:३१,

कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ।

झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

ललितपुरको आदर्श शौल युवक माध्यमिक विद्यालयमा झण्डै डेढ वर्षअघि स्टाफ नर्सको स्थायी दरबन्दी नै व्यवस्था गरिएपछि विद्यार्थीको दैनिक उपचारका साथै एसईई परीक्षामा समेत सहज हुने भएको छ।

प्रदेश सरकारको ‘एक विद्यालय एक स्टाफ नर्स’ कार्यक्रम अन्तर्गत विद्यार्थीले स्टाफ नर्सको सुविधा पाएका हुन्।

विद्यालयका प्रधानाध्यापक सरोज आचार्यले विद्यार्थीलाई समस्या भएको अवस्थामा विद्यालय भित्रकै क्लिनिकमा उपचार गर्न सक्ने सुविधा रहेको जानकारी दिए।

एसईईलाई दृष्टिगत गरेर आफूहरूले तयारी सुरु गरेको जानकारी उनले दिए। विद्यार्थीले तीन घण्टा परीक्षा र झण्डै एक घण्टा परिसर वरपरमा बिताउने भएकाले भाइरसबाट सावधान हुनुपर्ने जरुरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .