समाज


नेपालमा एकल महिलाको संख्या १० लाखनजिक, २० वर्षमा दोब्बर वृद्धि

एक्लै बस्ने र विवाह नगर्ने प्रवृत्ति
नेपालमा एकल महिलाको संख्या १० लाखनजिक, २० वर्षमा दोब्बर वृद्धि

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १५:१७, काठमाडौँ

राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ।

सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाको तथ्यांकबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्यांक सार्वजनिक गरेको हो।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी एकल महिलामा विधवा बढी रहेको देखाएको छ। नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला रहेको पाइएको छ।

एकल महिलामा विधवा, सम्बन्धविच्छेद भएको, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला समावेश गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजन सिलवालले बताए।

उनका अनुसार, ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेका छन्। कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला छन्। एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला छन्।

अध्ययन गर्दा विधवा, सम्बन्ध विच्छेद, भिन्न बस्ने र अविवाहित बस्ने गरी चार समूहलाई जोडेर एकल महिलाको तथ्यांक विश्लेषण गरिएको सिलवालले बताए।

विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको उनको भनाइ छ। उनका अनुसार, कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत देखिएको छ। दश वर्ष वा सोभन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेका छन्। तथ्यांकले विदुर २.२ प्रतिशतभन्दा विधवा महिलाको संख्या धेरै ६.६ प्रतिशत रहेको देखाएको छ।

२०५८ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा २०७८ मा झन्डै दोब्बरले वृद्धि भएको उनले जानकारी दिए। २०५८ मा थप ३ प्रतिशतले बढी २०७८ मा ६.६ प्रतिशत पुगेको उनको भनाइ छ।

सिलवालका अनुसार, विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको छ। ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात पनि बढेर ०.५ प्रतिशतबाट ०.७ प्रतिशत पुगेको छ।

उनले यो अध्ययन एकल महिलाका विषयमा राज्यले नीति निर्माण गर्दा बलियो दस्तावेज हुने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad