ad ad

समाज


सेनाकाे घोडेजात्रा सिमित व्यक्तिबीच, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण

सेनाकाे घोडेजात्रा सिमित व्यक्तिबीच, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण

नेपालखबर
चैत २, २०७६ आइतबार १४:९,

नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गर्ने घोडेजात्रा यस वर्ष प्रभावित हुने भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्षको घोडेजात्रा चैत ११ गते सिमित व्यक्तिहरुका बिचमा हुने नेपाली सेनाले जनाएको छ।

हाल विश्वका विभिन्‍न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरस (कोभिड २०१९) को कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरे सँगै उक्त भाईरसको जोखिमलाई मध्ये नजर गरि यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको जंगी अड्डाले जनाएको छ। सो समारोहको विभिन्‍न टेलिभिजनहरुमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ।

नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरुको अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .