सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का खेललाई अझ रोमाञ्चक बनाउन एनसेलले सधैँ अन, डेटा र भ्वाइसमा तीनवटा आकर्षक एनपीएल फ्यान प्याक सञ्चालनमा ल्याएको छ।
यी अफरअन्तर्गत ग्राहकले अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपीएलभरि अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन्। साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ।
यी प्याक लिने ग्राहकले एनपीएलका खेल प्रत्यक्ष मैदानमा नै हेर्न टिकटलगायत अन्य आकर्षक उपहार जित्न पनि योग्य हुने एनसेलले जनाएको छ।
सधैँ अन प्याकअन्तर्गत ग्राहकले ३९९ देखि रु. १४९९ रुपैयाँसम्मका कुनै पनि प्याक खरिदमा ग्राहकले युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन्। यससँगै ग्राहकले अतिरिक्त डेटा शुल्कबिना एनपीएलका खेल अनलाइनमार्फत कुनै पनि समयमा जहाँबाट पनि हेर्न सक्नेछन्।
त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ। जसमा ५० रुपैयाँमा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सकिनेछ। रु. १२५ (३ दिन), रु. १९९ (७ दिन) र रु. ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेल अनलाइनमार्फत हेर्न सकिनेछ।
भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक छन्। ७ दिनका लागि रु. १४९ र २८ दिनका लागि रु. ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ। सधैँ अन, अनलिमिटेड डेटा प्याक र अनलिमिटेड भ्वाइस प्याक किन्ने सबै ग्राहक एनपीएल खेल मैदानमै हेर्नका लागि टिकट जित्न योग्य हुने एनसेलले जानकारी दिएको छ।
यी प्याक किनेपछि ग्राहकले एसएमएसमार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्विल’मा जाने लिंक प्राप्त गर्छन्। एपमा गई ह्विल घुमाउँदा एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसीमा), रु. १०० क्यासब्याक (१ दिनको समयसीमा) वा १०० अन-नेट एसएमएस (१ दिनका समयसीमा) पाउन सकिनेछ।
त्यसैगरी एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री वितरण गर्नेछ।
नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलका लागि सहकार्य गरेका छन्। यसअन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरका रूपमा एनसेल छ।
Shares

प्रतिक्रिया