हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शनिबार बिहान) देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।
आज दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
आज राति पनि कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
कस्तो होला आइतबार र सोमबारको मौसम?
२०८१ मंसिर १६ गते आइतबार
दिउँसोː कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिː कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०८१ मंसिर १७ गते सोमबार
दिउँसोː कोसी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
रातिː देशभर मौसम मुख्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
Shares

प्रतिक्रिया