ललितपुर महानगरपालिका वडा नं. २३ मा पर्ने जेम्स स्कूलनजिकैको खोल्सामा रहेको पुल निर्माण जारी रहँदा आवागमनमा समस्या उत्पन्न भएको छ।
विकल्प नदिई दैनिक हिँड्नुपर्ने कल्भर्ट भत्काउने भन्दै वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेरे वैकल्पिक मार्ग प्रयोग गर्नु भनेको छ।
वडाको सूचनाले स्थानीय समस्यामा पर्ने भएका छन्।
दैनिक सयौं सवारी साधन र सो क्षेत्रमा स्थानीय हिँडडुल गर्नुपर्ने बाटोको विकल्प नदिएको स्थानीयको गुनासो छ।
१४ मिटर चौडाइ रहेको धापाखेल मार्गमा ११ मिटरको पुल बनाउने ठेक्का लगाइएको छ। श्री गणेश–पृथिवी जे.भी., कोटेश्वरले सो ठेक्का पाएको हो।

पुल निर्माणका लागि भन्दै कल्भर्ट भत्काउने वडा कार्यालयको सूचनाले सुमेरु अस्पताल, जेम्स स्कूल, विभिन्न सरकारी विद्यालय, टेवा जस्तो ठूलो संस्था र सरकारी कार्यालयमा जान सास्ती ब्यहोर्नुपर्ने भएको छ।
वडाले वैकल्पिक मार्ग नदिई लाइफलाइन सडक रहेको सो कल्भर्ट भत्काउन डोजर तैनाथ गरेको छ।
स्थानीयहरुले सो बाटोको विकल्प बनाएर मात्र कल्भर्ट भत्काउन सुझाव दिँदा वडाले काम गर्न नसके स्थानीय विकासको काममा आएको बजेट फिर्ता जान्छ भन्दै गलत प्रचार गरेको स्थानीय बताउँछन्।
वडाध्यक्ष जीवन महर्जनले ४ महिनामा पुल बन्ने दाबी गरेका छन्। जबकि, ठेक्का सम्झौता नै दुईवर्षको छ। २०८३ असार सम्ममा निर्माण सक्ने ठेक्का पाएपछि ४ महिनामा काम नहुने र लामो समय सो क्षेत्रमा आवागमन अवरुद्ध हुँदा सास्ती भोग्नुपर्ने स्थानीय बताउँछन्।
Shares

प्रतिक्रिया