काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर रहेको छ। उपत्यकाको न्यूनतम तापक्रम बिहीबार जति थियो, शुक्रबार (आज) पनि त्यत्तिकै रहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज पनि ७.६ डिग्री सेल्सियस देखिएको हो। यो वर्ष सुरु भएयता काठमाडौँको न्यूनतम तापक्रम यो नै अहिलेसम्मकै कम हो।
मौसम महाशाखाको सूचीअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा –४ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम बाराको सिमरामा १४ डिग्री सेल्सियस छ।
हेर्नुहोस् देशभरको तापक्रम विवरण: (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।
Shares

प्रतिक्रिया