समाज


दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, उपचारको व्यवस्था गर्न निर्देशन

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, उपचारको व्यवस्था गर्न निर्देशन

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १६:३३, काठमाडौँ

प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंले रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरण निवेदन दिएका थिए। 

तर न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनको निवेदन खारेज गर्दै रिहा गर्न अस्वीकार गरेको हो। तर सर्वोच्चले सरकारलाई प्रसाईंको स्वास्थ्य उपचारको व्यवस्था गर्न निदेशनात्मक आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले बताए। 

प्रसाईंका छोरा निराजनले उनलाई रिहाइ गर्न माग गर्दै निवेदन दिएका थिए। निवेदनमा प्रसाईंले क्यान्सरको उपचार गराइरहेकाले स्वास्थ्यमा समेत उचित व्यवस्था गर्न माग गरेका थिए। 

यसअघि पनि उनको माग पछि प्रहरीले उनलाई वीर अस्पताल लगेको थियो। तर अस्पतालले उनको स्वास्थ्य अस्पताल भर्ना गर्नु पर्ने अवस्थाको नरहेको भन्दै फिर्ता गरिदिएको थियो। 

त्यससपछि उनलाई सिंहदरबार प्रहरी बृत्तको हिरासतमा राखिएको थियो। 

प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्युरोले विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर क्राइम) को अनुसन्धान गरिरहेको छ। 

प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओसहितका सामग्री फैलाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad