विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंले रिहाइको माग गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा निवेदनको सुनुवाइ भइरहेको हो।
प्रसाईंका छोरा निराजनले उनलाई रिहाइ गर्न माग गर्दै निवेदन दिएका थिए। यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको थियो।
मंगलबार प्रसाईंलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको थियो।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोपसहितका सामग्री प्रचार गरेपछि प्रक्राउ परेका थिए।
प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्युरोले विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर क्राइम) को अनुसन्धान गरिरहेको छ।
पसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओसहितका सामग्री फैलाएका थिए।
Shares

प्रतिक्रिया