कपिलवस्तुमा मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा यसोधरा गाउँपालिका-८ सिंहखोर घर भएका ३१ वर्षीय सब्दान हुसेन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका यूपी ५५ एके ३५७५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
120
Shares

प्रतिक्रिया