समाज


प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग

प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १८:१, काठमाडौँ

प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ।

प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको हो।

काउन्सिलले आज एक सूचना प्रकाशित गरी काउन्सिलको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार मोफसलमा रहेका पत्रकार र सञ्चारमाध्यमलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएको तथा आर्थिक वर्ष २०८१/८२ का लागि ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरेको छ।

यसैगरी सहयोग गराइने क्षेत्र र सीमाअन्तर्गत ल्यापटप खरिद अनुदान (४० प्रतिशत) १६, क्यामेरा खरिद अनुदान (३० देखि ४० प्रतिशत) चार, सोधपत्र लेखन सातजना (प्रत्येक प्रदेशबाट एकजनाका दरले) तथा सञ्चार केन्द्र स्थापना अनुदान एकवटा सुविधाका लागि आवेदन दिन सकिने काउन्सिलद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुने एवं निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad