विद्युत् नियमन आयोगले बक्यौता विवाद समाधानको चरणमा रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणलाई तत्काललाई यथास्थितिमै रहन पत्र पठाएको छ।
मन्त्रिपरिषद्ले कात्तिक २५ गते उद्योगको लाइन पनि जोड्ने र १५ दिनभित्र बक्यौता पनि उठाउने निर्णय गरेको थियो। सोसँगै प्राधिकरण सञ्चालक समितिले सो निर्णय कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्योसँगै बक्यौता रहेकामध्ये लाइन काटिएका उद्योगमा प्राधिकरणले बिजुली जोडिदिएको थियो।
तर प्राधिकरणले १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने सूचना निकालेको थियो। सो १५ दिन भोलि सकिने भएपछि नियमन आयोगले प्राधिकरणलाई तत्काललाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बक्यौताबारे अध्ययन गर्न बनाएको प्राविधिक समितिले काम गरिरहेको भन्दै लाइन काट्ने विषयमा यथा अवस्थामा रहन भनेको हो।
आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्राधिकरणलाई तत्काललाई बक्यौता रहेका उद्योगको लाइन काट्ने विषयमा अघि नबढ्न निर्देशन दिएको नेपालखबरलाई बताए।
बक्यौता रहेका उद्योगहरूलाई विद्युत् प्राधिकरणको सूचनाः मंसिर १२ भित्र महसुल बुझाउनू, नत्र कारबाही
‘लाइन नकाट्ने भनेर भनेका छैनौँ। सरकारले नै बक्यौता उठाउने भनेर प्राविधिक समिति गठन गरेको छ। सो समितिले काम नसकुन्जेल अहिले जे अवस्थामा छ सोही अवस्थामा राख्ने र यदि बक्यौता बढी उठाएको देखियो र प्राविधिक समितिले अन्यथा देख्यो भने त्यो समायोजन गर्ने भनेका हौँ’, उनले भने।
उक्त समितिले प्राधिकरणले उद्योगलाई काटेको बिल र टीओडी मिटरको परीक्षण गर्ने काम गरिरहेको छ।
Shares

प्रतिक्रिया