गएको एक हप्तामा अल–ताजी सैन्य क्याम्पमा आक्रमण भएको यो दोस्रोपटक हो।
इराकमा खटिरहेका अमेरिकी सेनाहरुका अनुसार सैन्य क्याम्प भित्रै केही रकेटहरु आक्रमण भएको थियो।
आतंकवादीले ७ वटा रकेट आक्रमण गरेको अमेरिकासहितका सैन्य गठबन्धनले जनाएका छन्। आक्रमण गरेको स्थान र रकेट लन्चर आफूहरुले फेला पारेको उनीहरुको भनाइ छ।
गत बुधबार मात्र सोही सैन्य बेसमा आक्रमण हुँदा २ अमेरिकी र एक ब्रिटिस सेनाको ज्यान गएको थियो।
यस आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन।
अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि गत जनवरीदेखि अमेरिका र इरानबीच तनाब उत्पन्न भएको छ।
इराकमा आफ्ना कमाण्डर मारिएपछि इरानले त्यसबेला इराकस्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको थियो।
उक्त आक्रमणमा परेर सयभन्दा बढी सेनाको मस्तिष्कमा चोट भएको बताइएको छ।
इराकले साथ दिएको विद्रोही समूहले अहिलेको आक्रमण गराएको हुनसक्ने आशंका गरिएको छ। एजेन्सी
प्रतिक्रिया