काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई जरिवाना तोकेको पत्र हुलाक र इमेलबाट पठाएको छ।
आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिवानाको सूचना बुझ्न अस्वीकार गरेको थियो।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) का प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘आज बिहान हुलाक र इमेलबाट हामीले पठाएका छौं। उहाँहरूले बुझ्नुभयो होला।'
नेकपा एमालेले दरबारमार्गमा मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले १ लाखा जरिवाना गरेको थियो।
त्यसको सूचना बुझाउन महानगरका प्रहरी आइतबार एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका थिए। तर, आफूहरू आयोजक नभएको भन्दै एमालेको कार्यालयले त्यसलाई बुझ्न अस्वीकार गरेको थियो।
नेकपा एमाले नेताहरूले भने मेयर शाहले एमालेमाथि पूर्वाग्रह राखेर जरिवाना गरेको आरोप लगाइरहेका छन्।
Shares

प्रतिक्रिया