समाज


जमुनाह नाकामा सञ्चालित हेल्थ डेस्कमा लापरबाही

जमुनाह नाकामा सञ्चालित हेल्थ डेस्कमा लापरबाही

नेपालखबर
चैत २, २०७६ आइतबार ४:४,

बाँकेको नेपाल-भारत मुख्य सिमा नाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र सङ्ख्याको विवरण राख्न लापरवाही भएको पाइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनमा लापरबाही हुने गरेको पाइएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाले दुई स्वास्थ्य कर्मचारीसहित स्थापना गरेको डेस्क व्यवस्थित नभएको देखिएपछि अनुगमन टोलीका सदस्य उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले स्वास्थ्यकर्मीलाई जाँच गरिएका सबैको विवरण राख्न निर्देशन दिएका छन्।

प्रमुख जिल्ला अधिकारी खड्काले शङ्कास्पद व्यक्ति पाइएमा भेरी अस्पतालमा तत्काल पठाउन निर्देशन दिँदै हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्थासमेत गरिएको बताए।

यसैबीच कोरोना भाइरसका कारण हुनसक्ने असहजता तथा सीमाक्षेत्रको समस्याका बारेमा छलफल गर्न बर्दियाको ठाकुरद्वारामा नेपाल–भारत संयुक्त बैठक बस्ने भएको छ।

बैठकमा नेपालको बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी तथा भारतको बहराइच, श्रावस्तीलगायतका जिल्लाका अधिकारीको सहभागिता रहने प्रजिअ खड्काले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad