समाज


अमेरिकामा नेपालीले चलाएको कार दुर्घटना हुँदा २ नेपालीकै मृत्यु

काठमाडौँका श्रेष्ठ घाइते, चालक तामाङ पक्राउ
अमेरिकामा नेपालीले चलाएको कार दुर्घटना हुँदा २ नेपालीकै मृत्यु

नेपालखबर
मंसिर ८, २०८१ शनिबार १४:३६, काठमाडौँ

अमेरिकाको भर्जिनिया राज्यस्थित च्यान्टिलीनजिकै कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ। 

स्थानीय समयाअनुसार शुक्रबार मध्यराति कार दुर्घटना हुँदा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-७ का सुरेश केसीको मृत्यु भएको हो। यस्तै दुर्घटनामा बर्दियाका विवेक सुवेदीको पनि मृत्यु भएको छ भने काठमाडौँका मेहुल श्रेष्ठ घाइते भएका छन्। अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था खतरामुक्त रहेको बताइएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वेनजिक भएको हो। कारका चालक पनि नेपाली नै हुन्।

चालक ३० वर्षीय विजय तामाङलाई पक्राउ गरी दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ।  

चालक तामाङले अत्यधिक मादक पदार्थ पिएर कार चलाएकाले दुर्घटना भएको आशंका त्यहाँको प्रहरीले गरेको छ। कार अनियन्त्रित भई सडकबाहिर उछिट्टिँदै रूखमा ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad