समाज


२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस, यो भनेको के हो?

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस, यो भनेको के हो?

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर ८, २०८१ शनिबार ११:३५, काठमाडौँ

संघीय प्रोवेसन तथा प्यारोल बोर्डले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ। प्यारोल भनेको असल चालचलन भएका कैदीबन्दीलाई जेलबाहिर बस्न दिइने कानुनी व्यवस्था हो।

महान्यायाधिवक्ता रमेश बडालको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ दफा ३८ बमोजिम असल चालचलन भएका कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको हो।

एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुईतिहाइभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ। यो जेल बाहिर स्वतन्त्र समाजमा बस्ने छुट दिन सक्ने व्यवस्था हो तर पूर्ण रूपमा स्वतन्त्र हुँदैनन्।

कसुरदारले तोकेको कैद सजायको दुईतिहाइ अवधि भुक्तान गरेपछि बाँकी सजाय असल आचरणमा रही स्वतन्त्र समाजमा बसेर पूरा गर्न पाइन्छ।

जन्मकैद सजाय पाएका, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना वा क्रूर वा अमानवीय व्यवहारसम्बन्धी कसुर, मानवताविरुद्धको अपराध र राज्यविरुद्धको अपराधमा सजाय पाएकाहरूलाई भने प्यारोलको सुविधा पाउने छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad