समाज


सरकारले बनायो विभूषण समिति

सरकारले बनायो विभूषण समिति

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १८:५, काठमाडौँ

सरकारले विभूषण समिति बनाएको छ। 

मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको हो। 

नेपाल सरकारका पूर्वसचिवद्वय लवदेव अवस्थी र गोपीनाथ मैनाली यसका सदस्य छन्।

उमेशराज जोशी, सरेन्द्रकुमार झा, प्रा योगेन्द्र गुरूङ र शर्मिला कार्की पनि सदस्य छन्।  

विभूषण समितिमा वरिष्ठ उपप्रधानमन्त्री वा वरिष्ठ मन्त्री अध्यक्ष रहन्छन्। गृहमन्त्री पदेन सदस्य हुन्छन्। हाल प्रकाशमान सिंह वरिष्ठ उपप्रधानमन्त्री छन् भने रमेश लेखक गृहमन्त्री छन्। उनीहरू दुवै जना कांग्रेसको प्रतिनिधित्व गर्छन्।

त्यसबाहेक राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट समावेशी सिद्धान्तका आधारमा मन्त्रिपरिषद्ले तोकेका महिलासहित ६ जना सदस्य हुने व्यवस्था छ।

गृह सचिवले सदस्य साचिवका रूपमा काम गर्छन्।

२०६७ देखि २०७४ सम्म गणतन्त्र दिवसको अवसरमा विभूषण प्रदान गरिएको थियो भने २०७५ सालदेखि संविधान दिवसको अवसरमा प्रदान हुँदै आएको छ।

सामान्यतः प्रत्येक वर्षको असार मसान्तभित्र विभिन्न निकायहरूबाट विभूषण समितिमा प्राप्त सिफारिसहरूमध्ये समितिले मन्त्रिपरिषद्‍मा सिफारिस गर्छ। मन्त्रिपरिषद्को निर्णयपश्चात् राष्ट्रपतिबाट संविधान दिवस (असोज ३) का दिन विभूषण घोषणा हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad