समाज


बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले

बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार ७:५२, काठमाडौँ

काठमाडौँको काेटेश्वर नजिक नरेफाँटमा गएराति आगलागी भएको छ। 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बालकुमारी पुलवारी कोटेश्वर तर्फ रहेको सीसीआरसी कलेज नजिकैको स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् चुहावट भएर राति पाैने १२ आगलागी भएको हो।

आगलागीमा परेर जुम्बा डान्ससेन्टर, डगेरा फार्मेसी, पान पसल र मःम पसलसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीको खबरपछि पुगेका काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ। 

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको एसपी अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad