समाज


आगोले पोलेर घाइते महिलाको मृत्यु, छोरी डिस्चार्ज

आगोले पोलेर घाइते महिलाको मृत्यु, छोरी डिस्चार्ज

नेपालखबर
मंसिर ३, २०८१ सोमबार २१:८, बरहथवा (सर्लाही)

खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो। खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्केकी छन्। गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो।

तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई किर्तिपुर पुर्याए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए। पुनः चितवनस्थित भरतपुर अस्पताल पुर्याइ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad