समाज


कोप-२९ शिखर सम्मेलनमा राष्ट्रपति पौडेलको सम्बोधन आज

कोप-२९ शिखर सम्मेलनमा राष्ट्रपति पौडेलको सम्बोधन आज

कोप-२९ मा भाग लिन अजरबैजानको बाकु आइपुगेका राष्ट्रपति रामचन्द्र पौडेल कोप-२९ सम्मेलनमा सहभागी हुने नेपाली टोलीलाई सोमबार साँझ सम्बोधन गर्दै। तस्बिर ः रासस


नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार ९:५५, बाकु (अजरबैजान)

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९) लाई आज सम्बोधन गर्दै छन्। 

‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोबार बाकु आइपुगेका हुन्। सम्मेलन (कोप-२९) सोमबारदेखि यहाँ प्रारम्भ भएको छ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बुधबार बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने छ। ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ।

सम्मेलनमा नेपालका तर्फबाट जलवायु परिवर्तनबाट उत्पन्न समस्या ध्यानाकर्षण गराउँदै सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकम प्रदान गर्नका लागि आग्रह गरिनेछ।

साथै नेपालले जलवायु परिवर्तनका विषयमा नेपालले सामना गरिरहेको चुनौती तथा हालसम्म गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयनबारे प्रयासलाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नमा जोड दिने बताइएको छ।

सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वभरका नेता छलफल र विश्वव्यापी सहकार्यका लागि सम्मेलनमा सहभागी छन्। 

सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad