समाज


भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार २१:१७, काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 
    
बुधबार साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्र ०२–०२१ प ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–६ भोलाछें घर भई हाल भक्तपुर कटुञ्जे बस्ने ६९ वर्षीया विमला प्रधानाङ्गको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
    
दुर्घटनालगत्तै मोटरसाइकलसहित फरार चालक रामेछाप सुनापाती गाउँपालिका–५ घरभई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २६ वर्षीय दिपक मानन्धरलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको हिरासतमा राखेर अनुसन्धानसहित थप कार्य अगाडि बढाइरहेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad