डेंगीको प्रकोप विगतका वर्षहरु भन्दा कम भएपनि जोखिम कम भएको छैन। जनवरी महिना यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगी संक्रमण भएको छ। ४० औं हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा कम केस दर्ता भएका छन्।
अहिलेसम्म डेंगी ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए। हुम्ला बाहेकका सबै जिल्लामा डेंगी संक्रमित बिरामी फेला परेको उनले बताए। डेंगीबाट यस वर्षको जनवरी यता १२ जनाको मृत्यु भएको छ। अक्टुबर महिनामा ९ हजार ६६६ संक्रमित फेला परेको बताए।
७६ जिल्लामा पुग्यो डेंगी, १२ जनाको मृत्यु
गण्डकी प्रदेशमा देशभरकै ५० प्रतिशत डेंगी संक्रमित
विशेष गरी अलि धेरै देखिएको भनेको गण्डकी प्रदेशमा हो। जति केसहरु देशभर देखिएका छन्, त्यसको झन्डै ५० प्रतिशत केस गण्डकी प्रदेशमा मात्रै छ। त्यसपछि वागमती, कोसी र अरु प्रदेशमा अलि कम देखिन्छ। जिल्लाको हिसावमा सबैभन्दा धेरै कास्की जिल्लामा, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा अलि धेरै डेंगुका केस रिपोर्ट भएका छन्।
बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगीको जोखिम बढी
त्यसले गर्दा अलि फैलावट बढी भएको हो। तथ्यांकको आधारमा भन्ने हो भने पोहोर जनवरीदेखि डिसेम्बरसम्मको पिरेडमा झन्डै ५२ हजार केस रिपोर्ट भएको थियो। अहिलेसम्मको अवस्थामा हेर्ने हो भने अक्टुबर महिनामा पोहोर १२ हजार ६९९ केसहरु थिए भने यो वर्षमा अक्टोबरमा ९ हजार ६६६ केसहरु रिपोर्टेट छन्। १२ महिनाको तुलना गर्ने हो भने कुनैपनि महिना पोहोरको भन्दा बढी भएको छैन। तर त्यो कटेको छैन भनेर ढुक्क हुने अवस्था छैन। हामीले यसको लागि सावधानी अपनाउनु पर्छ। सावधानी सबैभन्दा बढी अपनाउने भनेको यही सिजन हो। पानी पर्यो, अझै केही दिन यो फैलिनसक्ने सम्भवना रह्यो। यो बीचमा धेरै पानी पर्यो, बाढी, पहिरो पनि गयो। पानी जमिरहेको अवस्था छ अहिले पनि। संक्रमण अझै केही समय रहनसक्ने अवस्था रहन्छ।
व्यवहार परिवर्तन नगर्दा संक्रमण बढिरहेको छ
स्वास्थ्य मन्त्रालयले डेंगु लागिसकेपछि डेंगीको उपचार र व्यवस्थापनको चिजमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालहरुबाट सेवा प्रवाह गर्ने काम गरिरहेको छ। डेंगी हुन नदिनको लागि गर्नुपर्ने एउटै मात्र स्टाटेजी हामीले भनिरहेका छौँ। खोज र नष्ट गर अभियानमा जानुपर्छ। स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरु, प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरु, संघ अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट यो म्यासेज दिइरहेका छौँ। विभिन्न मिडियाबाट पनि गइरहेको छ।
संघ र प्रदेश लगायतका सबै अस्पतालबाट हामीले डेंगी लगायतका उपचार गरिरहेका छौँ। डेंगी लाग्यो भन्ने पत्ता लागेपछि उसलाई सरकारी अस्पतालबाट निःशुल्क उपचारको पनि व्यवस्था भएको छ। यो मन्त्रीस्तरबाट, सचिव स्तरबाट, प्रदेश स्तरबाट, जहाँ धेरै प्रभावित छ त्यहाँ ठाउँमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने, आम मानिसमा सचेतना फैल्याउने काम गरेका छौँ। व्यवहार परिवर्तन केही कठिन बन्दा चाहेको जति रौक्न कठिन भएको छ। यसमा सबैको सहकार्य आवश्यक छ।
पानी जम्ने र ओसिलो ठाउँ राख्नु हुँदैन
आकाशबाट पानी परेपछि पानी जम्ने जुन समय छ, त्यो समयमा लामखुट्टेको बासस्थान एकदम स्विटेबल टेम्प्रेचर भएको र सिजन पनि भएको कारणले त्यो धेरै ठूलो पोखरीहरुमा जमेको पानीमा होइन। साधारण किसिमको जस्तो टायर होला, भाँडाको बिर्कोहरु, गमला, एसी पछाडि, फ्रिज पछाडि होला, छानाहरु हुनसक्लान्। घरमा पानी जम्मा गरेको ड्रममा पनि हुनसक्छ। यो चिजहरुमा पानी जम्मा हुन्छ। त्यो चिजमा लामखुट्टेले डेंगु प्रजातीको एडिज भन्ने हुन्छ। त्यसले फुल पारेर फुल त्यहाँ पर्यो भने र त्यो संक्रमित यदी छ भने संक्रमितले फुल पार्छ। संक्रमित भएको सबै अण्डामा पनि त्यो संक्रमण फैलिन्छ। यो रोक्न अलि कठिन भएको कारण पनि त्यही नै हो। हामीले पोस्ट मनसुनको सयमा बाहिर खुला ठाउँमा, पानी जम्ने ठाउँलाई घोप्ट्याइदिनु नै सबैभन्दा बेटर हो।
डेंगीबाट बच्नका लागि पानी जम्मा गरिएका पानीका ट्यांकी,ड्रम, गाग्री, बाल्टिन जस्ता सामग्रीलाई लामखुट्टे छिर्न नपाउने गरी छोपिदिनुपर्छ। आफ्नो र वरपर, सार्वजनिक स्थल, कार्यालयमा भाँडाकुँडा, जुसका बोत्तलहरु खाएर जथाभावी फाल्नुभएन। छानाहरमा जथाभावी रुपमा फालिएका टायरहरु हुनसक्छ। शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ, डेंगी संक्रमण हुनबाट बच्न। डेंगुका कारण नियमित स्वास्थ्य सेवाहरु प्रभावित भएका छैनन्।
(वरिष्ठ जनस्वस्थ्य अधिकृत समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी मिश्रसँगको कुराकानीमा आधारित)
Shares

प्रतिक्रिया