मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई कुवेतमा पक्राउ गरेर नेपाल ल्याइएको छ।
धनुषा जनकनन्दिनी गाउँपालिका ४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोल शाखा कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो।
उनलाई कसूर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन
अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
Shares

प्रतिक्रिया