समाज


अर्घाखाँचीमा बसले भैलो टोलीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, आठ घाइते

अर्घाखाँचीमा बसले भैलो टोलीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, आठ घाइते

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १९:२, अर्घाखाँची

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्य र आठ जना घाइते भएका छन्।

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए। घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad